डडेल्धुरामा जिप दुर्घटना , एक जनाको मृत्यु



धनगढी –

डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना हुँदा बैतडी पाटन नगरपालिका ७ कि ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बुधबार बिहान भागेश्वर गाउँपालिका–४ सेरागाडमा म १ ज २१० नम्बरको जिप दुर्घटना भएको हो । डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जना सामान्य घाइते रहेका र अन्य सकुसल रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

कच्ची सडकको घुम्तिमा जिप अनियन्त्रीत भइ पछाडि गएर पल्टिएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ । जिपमा १५÷१६ जना यात्रु रहेको अनुमान रहेको र जिप चालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भदौ ११, २०७६ बुधबार  ६ : ५६ बजे