छोराको अन्नप्रासनका अवसरमा सर्लाहीमा पत्रकारले गराए वृद्धवृद्धालाई मिष्ठन्न भोजन 



राकेश गुप्ता सर्लाही ,भदौ ११ –

पत्रकार सोम दियालीले वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् । आफ्नो कान्छो छोरा शिव दियालीको अन्नप्रासनको अवसरमा उनले लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रमका ४६ जना वृद्धवद्धालाई बुधवार विहान मिष्ठान्न भोजन गराएका हुन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, महासंघकै सर्लाही अध्यक्ष विश्वनाथ ठाकुर, प्रेस यूनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, ढुकढुकी एफएमका अध्यक्ष एवं लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कार्की, सोही एफएमका म्यानेजिङ्ग डाईरेक्टर अभिशेक नगरकोटी, निगरानी टुडेका सम्पादक राकेश गुप्ता, रेडियो एकताका स्टेशन म्यानेजर प्रकाश मैनाली, जिल्लामा क्रियाशील अन्य पत्रकार र परिवार सहित आश्रम पुगेका दियालीले आश्रमका संरक्षक प्रजातन्त्रका सेनानी वासुदेवशरण कोईरालाको हातबाट छोरा शिवलाई भात खुवाउँदै आश्रमका वृद्ध आमाबुवालाई मिष्ठान्न भोजन गराएका आश्रमकी व्यवस्थापक भवानी कोईरालाले बताएकी छिन् ।

न्यू संचार मिडियाका सर्लाही रिपोर्टर ,ढुकढुकी एफएमका समाचार संयोजक एवं निगरानी टुडे दैनिकका कार्यकारी सम्पादक समेत रहेका पत्रकार दियालीले वृद्धवृद्धाको सेवा नै ठुलो धर्म भएको भन्दै छोराका अन्नप्रासन उनीहरुकै साथमा गरेको बताए । एउटा सामाजिक काम समेत हुने र छोरालाई वृद्ध आमावुवाको आर्शिवाद समेत मिल्ने भएकोले वृद्धवृद्धासँगै बसेर छोराको भातखुवाई गरेको हुँ, पत्रकार दियालीले भने । उनले साहारा विहिन आमावुवालाई मिष्ठान्न भोजन गराउन पाउँदा जीवनमा सवैभन्दी धेरै सन्तुष्टी मिलेको प्रतिक्रिया समेत दिएका छन् ।

पत्रकार दियालीले यस अघि आफ्ना ठुलो छोरा ओम दियालीको जन्मदिनमा समेत आश्रमकै वृद्धावृद्धालाई मिष्ठान्न भोजन गराएका थिए । विगत ११ वर्ष देखि जिल्लामा क्रियाशील पत्रकार दियालीका एक श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार  १ : २३ बजे