काठमाडौं –
जम्मू–कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरको विशेष राज्यको दर्जा खोसेको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाइरहेको पाकिस्तानले बिहीबार मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन् ।
उनले ट्वीटरमा लेखेअनुसार गजनबी मिसाइलले २९० किलोमिटर टाढासम्म मार हान्न सक्छ । बिभिन्न प्रकारका हतियार लैजान सक्ने विशेषतायुक्त यो मिसाइलमार्फत सतहबाट सतहमा पनि प्रहार गर्न सकिन्छ ।
मिसाइल परीक्षणपछि पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पूरै टिमलाई बधाई दिएका छन् ।
भारत र पाकिस्तान दुइ देश बिच तनाब बढी रहेका बेला भएको मिसाइल परिक्षणले तनाब थप चर्काउने ठानिएको छ ।










