भारतको डिफेन्स कलेजका सैनिक अधिकारिहरु नेपालमा



काठमाडौं, १३ भदौ –

भारतको डिफेन्स कलेजको ५९ औं कोर्षको एक प्रतिनिधिमण्डल यतिवेला नेपाल भ्रमणमा छ । भ्रमण टोलिमा भारतको नेशनल डिफेन्स कलेजमा अध्ययनरत भारत, बंगलादेश, बेलायत, जापान र मंगोलियाका गरी १५ जना सैनिक अधिकारिहरु छन् ।  प्रतिनिधिमण्डलले नेपालमा रहँदा परराष्ट्रमन्त्रीसहित उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेको थियो।

भारतीय सेनाका भाइस एड्मिरल श्रीकान्तको नेतृत्वमा रहेको टोलीले नेपाली सेनाका प्रमुख जनरल पूर्णचन्द्र थापासँग भेटमा आपसी चासोको विषयमा छलफल गरेको थियो। काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार जारी गरेको वक्तव्यमा उक्त प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षा सचिव रश्मीराज पाण्डेसँग शिष्टाचार भेट गरेको जनाइएको छ।

तीन दिने भ्रमणको क्रममा सो प्रतिनिधि मण्डलले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर र जोमसोमस्थित माउन्टेन वेलफेयर स्कुलको समेत भ्रमण गरेको थियो

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  २ : ०८ बजे