थोरै ढिला भएको भए ह्याकरहरुले दरबारमार्ग र ठमेल क्षेत्रका एटिएम रित्याइदिने प्रहरिको दाबी



काठ्माण्डौ-

एटीममार्फत पैसा चोरी गरेको आशङ्कामा शनिवार साँझ दरबारमार्ग स्थित एक होटलबाट पक्राउ परेका ५ जना चिनियाँ नागरिकलाई प्रहरिले सार्बजनिक गरेको छ ।। पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो ।प्रहरिले पत्रकार सम्मेलन गरेर पक्राउ परेका चिनिया नागरिकहरुलाई सार्बजनिक गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार कोठावाट हतार गरि होटलको लिफ्ट प्रयोग गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।पक्राउ परेका पाँच जनाबाहेक तीन जना यसअघि नै भागिसकेको समेत प्रहरिले बताएको छ ।

प्रहरीका अनुसार उनीहरु भदौ १३ गते चीनबाट एटीममार्फत पैसा चोरी गर्ने उद्देश्यले आएकामा सोमबार फर्कने तयारीमा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको जनाएको छ ।यसैगरी उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, अमेरिकन डलर ९ हजार १ सय ८, चाईनिज मुद्रा ११ सय ९१ , युरो २ सय ५०, कम्वोडियन मुद्रा ५ हजार र हङकङ डलर ८० बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले आइतबार पत्रकार सम्मेलनमा बताए अनुसार गन्नसमेत नभ्याइकन सुटकेस, झोलामा पोको पारेर राखेको, खाँदेको अवस्थामा प्रहरिले रकम बरामद गरेको हो । प्रहरीले चाँडै नियन्त्रणमा लिन सकेकाले क्षति कम भएको छ। ‘प्रहरी ढिलो परिचालन भएको भए उनीहरूले दरबारमार्ग र ठमेल क्षेत्रका एटिएम रित्याइदिने थिए,’ एसएसपी सुवेदीले भने।

एउटा एटिएम बुथ पच्चीस लाख रुपैयाँसम्म अटाउने क्षमताको हुने र उनीहरूले आधा दर्जनजति एटिएममा सिस्टम ह्याक गरेर पैसा निकालेको पाइएको छ।

प्रहरीका अनुसार उनिहरुले उतैबाट ल्याएका उपकरणबाट सिस्टम ह्याक गरेपछि एटिएमले अस्वभाविक रूपमा पैसा फालेको देखिएको छ ।। उनीहरूको साथबाट आधा दर्जन उपकरणहरू फेला परेका र ति उपकरणहरुको बारेमा अनुशन्धान भइरहेको समेत प्रहरिले जनाएको छ ।

उनीहरुले एटीमबाट पैसा चोर्ने योजना चीनमा नै बनाउने गरेको र विदाको दिन पारेर यहाँ काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । नेपालमा शनिबार विदाको दिन परेकाले शनिबार बिहानदेखि आइतबारबिहानसम्म एटिएमबाट पैसा झिक्ने उनिहरुको योजना रहेको प्रहरिले जनायो ।

समयमै उनिहरु पक्राउ परेकाले ठुलो दुर्घटना टरेको समेत प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार  २ : ३२ बजे