१८ भदौ, काठमाडौं –
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने घोषणा गरेकी छन् ।
गत अप्रिलमा ल्याइएको उक्त विधेयकमा हङ्कङको स्वतन्त्रताका लागी लडिरहेका राजनीतिक विपक्षीलाई चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको थियो ।उक्त सुपुर्दगी विधेयकको बिरोधमा हङकङमा पछिल्लो ३ महिनादेखि विरोध प्रदर्शन जारी छ । आन्दोलनकारीले इतिहासमै पहिलो पटक विश्वकै व्यस्त मानिने हङ्कङ विमानस्थलसमेत अवरुद्ध पारेका थिए ।
विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने माग गर्दै लाखौं मानिसको सहभागितामा भइ रहेको सरकारविरोधी प्रदर्शन उग्र बन्दै गएपछी हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने घोषणा गरेकी हुन ।बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रमुख कार्यकारी लामले विधयेक फिर्ता लिने घोषणा गरिन् ।
उनको घोषणाका बारेमा प्रदर्शनमा उत्रीएका हङ्कङको स्वतन्त्रता पक्षधरहरुको प्रतिक्रीया आउन बाकी रहेको छ ।
यो पनि पढ्नुहोस्-
प्रमुख प्रजातान्त्रिक अभियन्ता जोसुवा वाङ पक्राउ : हङकङमा राजनितिक सङ्कट गहिरिदै










