काठ्माण्डौ एजेन्सि-
भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा असफल भएको छ ।
चन्द्रमाको सतहमा अवतरण हुनु केही समयअघि विक्रम ल्यान्डरसँग सम्पर्क टुटेपछि चन्द्रयान-२ को अवतरण सफल हुन नसेकेपछी अभियान असफल भएको हो ।
राति साढे १ देखि साढे २ बजेको समयभित्र विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहमा उतार्ने योजना बनाइएको थियो तर चन्द्रमाको २ ।१ किलोमिटर दुरीसम्म सबै सामान्य भइरहे पनि त्यसपछि सम्पर्क टुटेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका अध्यक्ष के सिवनले बताए ।
चन्द्रमाको भुमिमा यान ओराल्ने महत्वाकाङ्क्षी भारतिय मिसनको अन्तिम तयारी चलिरहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत बैंगलौरमा रहेको संगठनको मुख्यालय गएर वैज्ञानिकहरुलाई हौसला दिइरहेका थिए। सबै मिसन सामान्य तरिकाले चलिरहेको थियो। मोदी पनि अरु वैज्ञानिकसँगै खुसी व्यक्त गरिरहेका थिए। जब अन्तिम समयमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको मुख्यलयमा तनावको अवस्था आइलाग्यो। वैज्ञानिकको अनुहारको रङ बदलिन थाल्यो। मोदीले यसबारे जानकारी लिन चाहे। केहीबेरमै संगठनका अध्यक्षले भने, ‘संगठनको केन्द्रसँग विक्रमको सम्पर्कट टुट्यो।’
मोदीले गर्दै देश इसरोका वैज्ञानिकहरूको साथमा रहेको बताए। उनले चन्द्रयानसँग सम्पर्क टुटेपनि भारतको चन्द्रमा मीसनको संकल्प नटुटेको भन्दै वैज्ञानिकहरूलाई मीसन जारी राख्न आग्रह गरे।
अन्तिम समयमा असफल भएको पीडा व्यहोरेका इसरो प्रमुख के सिभन रुन थाल्दा मोदीले उनलाई अँगालो हालेर सम्झाएका थिए।मिसन असफल भएपछि प्रधानमन्त्री मोदी वैज्ञानिकहरुको बीचमा गएर निराश नहुन भन्दै हौसला बढाए।














