चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार अपरान्ह नेपाल आउदै, यस्तो छ भ्रमण तालिका



काठमाडौँ –

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार अपरान्ह ४ः२० बजे नेपाल आइपुग्दै  छन् । उनलाई नेपालको परराष्ट्रमन्त्रालयका अधिकारीहरुले स्वागत गर्ने छन्। । उनी  इस्लामावादबाट काठ्माण्डौ आउन लागेका हुन । नेपाल भ्रमणमा रहदा उनलाई होटल सोल्टीमा राख्ने तयारी सरकारले गरेको छ ।

सोल्टी होटलमा नै विदेशमन्त्री वाङ यीलाई परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ दूतावासले औपचारिक कार्यक्रम बारे जानकारी गराउने छन्।

सोमबार दिउँसो ३ः३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन वार्ता हुनेछ। केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ। सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भेटघाटको कार्यक्रम बालुवाटारमा हुनेछ।

सोमबार साँझ नै विदेशमन्त्री वाङको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवाशमा शिष्टाचार भेटवार्ता गर्नेछ। मंगलबार वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै मंगलबार नै विदेशमन्त्री वाङको टोलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई निवाशमा भेट्ने कार्यक्रम छ । विदेशमन्त्री वाङले केही राजनैतिक विश्लेषक र उद्योगी(व्यवसायीसँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमण सकेर विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार  ५ : ४७ बजे