हङकङका प्रदर्शनकारीद्वारा अमेरिकाको झण्डा सहित प्रदर्शन, ट्रम्पसँग मागे सहयोग



काठ्माण्डौ, एजेन्सि-

हङकङमा स्वतन्त्रताको लागी लगातार प्रदर्शन गरी रहेका प्रदर्शनकारिहरुले  अमेरिकाको  झण्डा सहित  राष्ट्रिय गान गाएर हङकङमा स्वतन्त्रताका लागी अमेरिका सग सहयोगको अपिल गरेका छन्।

आइतबार बिहान हजारौं हङकङवासीले अमेरिकी महावाणिज्य दूतावास अघि गएर अमेरिकाको राष्ट्रिय गान गाउँदै चीन सरकारबाट मुक्त गराइदिन आग्रह गरेका हुन्।उनीहरूले बोकेको ब्यानरमा ‘राष्ट्रपति ट्रम्प कृपया हङकङलाई स्वतन्त्र बनाइदिनुस्’ भन्ने लेखिएको थियो।

प्रदर्शनकारीहरुले प्रजातन्त्रको माग गरिएका प्लाकार्ड बोक्दै स्वतन्त्र बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।उनीहरुले हङकङस्थित अमेरिकी कन्सुलेट कार्यालयअघि ‘स्वतन्त्रताका लागि संघर्ष गर्न हङकङको पक्षमा उभिनूस्’, ‘बेइजिङको अधिनायक अस्वीकार, स्वतन्त्र हङकङ’ लगायतका नारा लगाएका थिए ।

हङकङमा तीन महिनाअघि सुपुर्दगी विधेयकका विषयमा आन्दोलन सुरू भएको थियो।प्रदर्शन चर्किदै गए पछी दबाब थेग्न नसकेर हङकङकी प्रमुख कार्यकारी क्यारी ल्यामले गत बुधबार विधेयक फिर्ता भएको घोषणा गरेकी थिइन्।

यधपी प्रदर्शनकारीहरुले स्वतन्त्रताको माग गर्दै प्रदर्शन जारी राखेका छन ।

यो पनि पढ्नुहोस्-

हङकङकी प्रमुख कार्यकारी क्यारी लामद्वारा सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा

हङ्‌कङमा प्रजातन्त्रवादी प्रदर्शनकारी र प्रहरीबीच मुठभेड, घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर

प्रमुख प्रजातान्त्रिक अभियन्ता जोसुवा वाङ पक्राउ : हङकङमा राजनितिक सङ्कट गहिरिदै

प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार  १ : २८ बजे