गएराती झापाका दुई ठाउँमा बम विस्फोट,नगरपालिकाको गाडी पुरै क्षति



दमक –

झापा स्थित गौरादह नगरपालिका कार्यालयको बा.२झ २५७० नं. को स्कर्पियो गाडीमा बम बिस्फोट भएको छ ।गौरादह–३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा पार्किङ गरेर राखिएको अवस्थामा बम बिस्फोट भइ क्षती पुर्याएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

मध्यरातमा ठूलो आवाजकासाथ विस्फोट हँदा गाउलेहरू समेट त्रसित भएको झापाबाट सञ्चारकर्मिहरुले बताए ।

पार्किङ गरी राखेको गाडीमा विस्फोट भएको र गाडी पूर्णरूपले क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए। विस्फोटमा परेको गाडीकोमुनि ठूलो खाल्डो रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।

त्यस्तै झापाकै चारपानेस्थित सहारा साकोसको निर्माणाधीन भवनमा समेत विस्फोट गराइएको छ । विस्फोटबाट भवनका सिसाहरु चर्किएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र विस्फोट कसले गराएको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ । बिप्लब समुहले बिष्फोट गराएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ३ : ०५ बजे