काठ्माण्डौमा चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने १० महिला पक्राउ



काठ्माण्डौ-

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा रहेकै बेला नेपालस्थित चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन भएको छ ।

विवाहको नाममा नेपाली चेलीहरु चीनमा तस्करी हुने गरेको बिरोधमा दूतावासनजिकै विरोध प्रदर्शन भएको हो ।प्रदर्शनमा सहभागी १० महिला पक्राउ परेका छन्।

विवाहको नाममा नेपाली चेलीहरु चीनमा तस्करी हुने गरेको विषयलाई लिएर ती महिलाहरुले बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन ।

नेपालस्थित चिनियाँ दूतावासनजिकै सडकमा बसेर नारा लगाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए। उनका अनुसार पक्राउ परेका महिलाहरुलाई महेन्द्रपुलिस क्लवमा राखिएको छ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  १० : ४७ बजे