काठमाडौं, २३ भदौ ।
नेपाल र चीनबीच तीन वटा महत्वपूर्ण विषयमा समझदारी भएका छन्। सोमबार भएको परराष्ट्रमन्त्रिस्तरीय बैठकमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सम्झौता पत्र अदान–प्रदान गरेका हुन् । आज भएको समझदारीअनुसार चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउनेछ।
तेस्तै प्राकृतिक विपदबिरुद्दको तयारिको लागी लागि ५ हजार पालहरु र १ करोड ६० लाख सहयोग राशि उपलब्ध गराउने सहमति पनि विदेशमन्त्री स्तरीय बैठकमा सहमती भएको छ ।
चिनिया बिदेश मन्त्री वाङको भ्रमणका बेला सरकारले मदन भण्डारी विश्व विद्यालय स्थापनामा प्राथमिकताका साथ अनुदानको माग गरेको पराराअष्ट्रा निकट श्रोतले जनाएको छ ।परराष्ट्र स्रोतका अनुसार मन्त्री वाङको तहबाट केही आश्वासन नआए पनि राष्ट्रपति सी जीङ पीङको भ्रमणमा केही महत्वपूर्ण घोषणा हुने अपेक्षा गरिएको छ










