सुनको मूल्य घट्यो



काठमाडौँ –

नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ ।

सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार  ५ : ५९ बजे