बामदेब गौतमलाई सिंगापुरको डेंगु संक्रमण भएको हुनसक्ने चिकित्सकहरुको अनुमान



काठमाडौँ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ ।उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।

शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए ।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

हाल नेपालमा पनि डेङ्गुबाट धेरै मानिसहरु सङ्क्रमित भइ रहेका छ ।सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । यधपी गौतम सिंगापुरबाट डेंगु सङ्क्रमणमा परेका हुन कि नेपालमै सङ्क्रमित भएका हुन भन्ने खुलेको छैन ।

गौतमलाई डेंगु सङ्क्रमणनै भएको डक्टरहरुले आशङ्का गरेका भए पनि गौतमको सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको रगत परीक्षणको रिपोर्ट आएपछि मात्रै डेंगु भए नभएको पुष्टि हुनेछ ।

प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार  ६ : ३३ बजे