प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागी त्रिवि अस्पतालमा



काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उपचार गराई उनी गत शुक्रबार स्वदेश फर्किएका थिए।

उनी नियमित फलोअपका लागि आज अस्पताल पुगेका हुन्। मिर्गाैलासम्बन्धी एन्टिबडी बढेपछि उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए

प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार  ५ : ५२ बजे