काठमाडौं-
डेङ्गी संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
विभागले विहिबार संचारकर्मीसंग अन्तरक्रिया गर्दै सबैभन्दा बढी प्रदेश ३ डेङ्गीबाट प्रभावित भएको जनाएको हो। जिल्लागत रुपमा भने चितवन सबैभन्दा बढी त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेङ्गी संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए।
रोगको लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दे उनले आफुखुसी औषधि सेवन नगर्न पनि सबैलाई आग्रह गरे।
उनले लामखुट्टे नियन्त्रण नै डेङ्गी नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धित निकायहरुले सबै सम्बन्धित निकायसंग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भईरहेको जानकारी दिए।








