काठमाडौंको गोलढुंगामा प्रहरिको गोलिले गुन्डा नाइके साजन गुरुङ घाइते



काठमाडौं-

शुक्रबार काठमाडौंको गोलढुंगामा गोली चलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले साजन गुरुङलाई गोली हानेको हो।

गुन्डा नाइके साजन गुरूङले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो।

गोली लागी गुरूङ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

अपराध महाशाखाको टोलीले उनलाई प्रकाउ गर्न खोज्दा गुरुङले गोली चलाएका थिए।यसपछि मात्र प्रहरीले गोली चलाएको महाशाखाले जानकारी दिएको छ।

घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद गरेको छ।गुरुङमाथि अर्का गुन्डा नाइके पहलमान गुरुङको हत्या समेत गरेको आरोप लागेको छ।

धादिङ स्थायी घर भएका गुरुङ कर्तब्य ज्यान मुद्दामा मुछिएका आरोपी हुन्। गुरुङ प्रहरीको नियन्त्रणबाट भाग्न लाग्दा प्रहरीले गोली चलाएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार  २ : ०४ बजे