बझाङ-
अज्ञात समूहले बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरेको छ ।आगजनीको कारण गाडीको अगाडिको भाग जलेर पुर्ण रुपमा क्षति पुगेको छ ।
शनिबार देउलेख बजारमा पार्किङ गरेर राखेको गाउँपालिकाको से १ झ २७४ नम्बरका गाडीमा अज्ञात समुहले आगजनी गरेको हो ।
शनिबार राति करीब १ बजेतिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेयले बताए । साथै, घटनामा संलग्न भएको आशंकामा स्थानीय अम्मर महरलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।
पछिल्लो समय स्थानिय तहहरु काक्रमणको निसानामा पर्न थालेका छ ।गाउपालिका र नगरपालिका कार्यलय र सवारी साघनहरु लक्षित आक्रमणका समाचारहरु लगातार सार्बजनिक भइरहेका छन ।आक्रमणमा प्रती ब न्धित बिप्लब नेकपाको सम्लग्नाता देखिने गरेको छ ।










