काठमाडौं-
बहुविवाहको आरोप लागेका प्युठानस्थित गौमुखी गाँउपालिकाका अध्यक्ष विष्णुकुमार गिरी आवश्यक प्रमाण पुगेपछि रिहा भएका छन्।
अंशबण्डा फैसला भइसकेर छुट्टै बसेकी सीता केसीले बहुविवाहको आरोप लगाई प्रहरीमा उजुरी दिए पछी गिरी प्रहरी हिरासतमा रहेका थिए ।
श्रीमती सीता केसीले बहुविवाहको आरोप लगाए पनि गिरीले भने अस्वीकार गर्दै आएका थिए।
२०७३ सालमा गिरीले अंशबण्डाको मुद्धा दर्ता गरेपछि अदालतले दुई छोरी सहित चार जनाको नाममा अंशवण्डा गरिदिएको थियो। तथापि कार्यान्वयन भने हुन सकेको थिएन।