देशका केही स्थानमा आज मेघ गर्जन सहित बर्षा र चट्याङ्ग पर्नसक्ने ,कुन कुन स्थानमा छ खतरा ?



काठमाडौं –

जल तथा मौसम विज्ञान विभागले आज देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएकोे छ । देशको पूर्वी र मध्य भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तै, मंगलबार र बुधबारपनि मौसममा आंशिक बदलीकै अवस्था रहने पूर्वानुमान महाशाखाको प्रक्षेपण रहेको छ । आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।यसैगरी बाढी पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सि कन्काई, कमला, बाग्मति, नारायणी र तिनाउ नदीमा बहाव बढ्ने जनाएको छ ।

आज इलाम, झापा,मोरङ्ग, धनकुटा, सुनसरी, प्रदेश २ का सबै जिल्ला,उदयपुर, रामेछाप,दोलखा,काभ्रे, सिन्धुपाल्चोक,सिन्धुली, मकवानपुर, काठमाडौं, चितवन,नवलपरासी,रुपन्देही र कपिलवस्तु भइ बग्ने नदीमा आकष्मिक बहावको सम्भावना रहेको समेत पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : भदौ ३०, २०७६ सोमबार  ६ : ४५ बजे