न्यु सन्चार संबाददाता –
मोरंगको पथरी शनिश्चरे नगरपालिका वडा न. ६ ले पशु बिमा कार्यक्रम सुरु गरेको छ ।
अध्यक्ष जयबहादुर तामागंका अनुसार दुग्ध जन्य उद्योगको प्रोत्साहनकालागी पशुविमा कार्यक्रमको सुरु गरिएको हो । उनलेभने,विमागरेर सम्पती सुरक्षीत गर्न अग्रह गरेका हौ,। सो वाडमा ७० प्रतिशत पशुपमालन गर्ने सर्वसाधारणहरुको बसोबास छ ।
वडामा कुनै पनि दुग्ध जन्य उद्योग नभएकाले किशानलाई प्रोत्साहन गर्न र दुग्ध जन्य उद्योग स्थापना र संञ्चालनमा सहयोग पुग्ने विस्वास लिएको स्थानीय पुष्पा पराजुलीको भनाई छ । पराजुलीका अनुसार बहुसंख्यक सर्वसाधारणहरु गाई र भैसीपालक किशान छन ।
उनिहरुले पालेका पशुहरुबाट दुग्ध बेचेर वडालाई सम्बृद्ध बनाउन सकिन्छ । स्थानीय महेश राईका अनुसार अध्यक्ष जयले पशुपालक किशानहरुकालागी निक्कै राम्रो कामगरेको बताए । उनलेभने, अध्यक्ष ज्युले राम्रो काम गर्नु भएको छ,। जयलेले चुनावमा उठनु अगावै व्यक्तीगत लगानीमा सो वडामा बिजुली बत्ती पुर्याउनुका साथै केहि सडकहरु निर्माण गरेको थिए ।










