लमजुङ कन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प



काठमाडौं–

मंगलबार बिहान लमजुङ कन्द्रबिन्दु बनाएर भूकम्प भएको छ ।

बिहान ९ बजेर ३५ मिनेटमा लमजुङको नौथरनजिकै केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ । यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो

प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार  ६ : १६ बजे