गायक राजेश पायल राईको शान्तीनगरस्थित घरमा आगलागी



काठ्माण्डौ-

गायक राजेश पायल राईको  शान्तीनगरस्थित घरमा आगलागी भएको छ ।  उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आउन बाकी छ ।

गायक राइ हाल साङितिक कार्यक्रमका लागी गायक राइ बिदेशमा रहेका छन ।आगलागी भएको घटना प्रती दुख ब्यक्त गर्दै उनले आफ्नो फेसबुक मार्फत दुखको परीस्थिती छिमेकीहरुले दर्साएको सहयोग र नेपाल प्रहरी,दमकल परिवारले पुर्याएको सहयोग प्रती आभार ब्यक्त गरेका छन । उनले भाबुक हुँदै लेखेका छन्- पर्देसी भुमी बाटै हार्दिक नमन एवार्डहरु जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब कहिलै नजलोस ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार  ६ : ३० बजे