काठाण्डौमा अबतरण गर्न नसकेपछी लुक्लाबाट उडेका हेलिकप्टर काभ्रेको धानबारिमा अबतरण



काठमाडौं-

लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर मौसम खराबीको कारण काठ्माण्डौ बिमान्स्थलमा अवतरण गर्न नसकेपछी काभ्रेका बिभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् ।

काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा गरी ७ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् ।पाँचखाल २ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर र सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १र१ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् ।

मनाङ्ग एयरको दुबै हेलिकप्टरमा ५ंर५ विदेशी यात्रु, कैलाश एयर २ विदेशी यात्रु र सिम्रिक एयरमा ५ यात्रु सवार रहेको थिए । त्यसै गरी चार जना चालक दलका सदस्यहरु रहेका थिए ।सिन्धुलीको नेपालथोकमा अवतरण भएको मध्ये एउटा हेलिकप्टर प्रहरी पुग्नु अगावै उडेको थियो ।

नेपालथोकमा अवतरण भएको हेलिकप्टरमा जर्मन र अमेरिकी नागरिक ५ जना र चालक १ सहितको अल्टिच्यूड एयरको हेलिकप्टर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार  ७ : ०५ बजे