जिपसहित हराएका यात्रुको खोजिमा गोताखोर टोली अरुणमा



काठमाडौं-

अरुण नदीमा खसेको बोलेरो जिपमा सवार बेपत्ताको खोजीका लागि गोताखोरको टोली खटाइएको छ।संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भिरमा बिरामी लिएर आउँदै गरेको बोलेरो गाडी अरुण नदीको घुमाउने दहमा बुधबार दुर्घटनामा पर्दा चालकसहित ६ जना बेपत्ता भएका थिए।

बेपत्ताको खोजीका लागि काठमाडौंस्थित २० नम्बर विपद् उद्दार उपत्यका गणबाट सशस्त्र प्रहरी वरिष्ठ हवलदारको कमाण्डमा २ जना गोताखोर र २ जना विपद् व्यवस्थापनका सहित ४ जनाको टोली संखुवासभा पुगेको छ।आज बिहान ११:५५ मा नेपाली सेनाको हेलीकोप्टरमार्फत गोताखोरको टोली घटनास्थल पुगेको हो

प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार  ७ : ५१ बजे