काठमाडौँ,
प्रहरीले लागुऔषधसहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौँको शान्तिनगरमा भारतीय नम्बर प्लेट बीआर ३० पी ८६०७ नम्बरको स्कार्पियो गाडीलाई चेकजाँच गर्दा प्लास्टिकको बकेटभित्र चामल र पिठोले छोपेर ल्याएको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त गाडीबाट डाइजेपाम १०४७ एम्पुल, नुर्फिन १०३७ र फेनारगन १०४२ एम्पुलसहित भारतीय नागरिकहरु राज कुणाल, राजेशकुमार जयसवाल र अभिषेककुमार जयसवाललाई पक्राउ गरिएको छ ।
उनीहरुले भारतका विभिन्न सहरबाट लागुऔषध ल्याई नेपालमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।








