यस्तो छ आजको मौसम



काठमाडौँ –

मौसममा केही सुधार आउँदै गए पनि पूर्ण रुपमा सफा भने हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिनभरि देशभरि आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार  ४ : ५३ बजे