सरकारका कारण रोजगारी बढ्ने भन्दा भएको पनि गुम्ने खतरा : कांग्रेस नेता रमेश लेखक



काठमाडौं-

कांग्रेस नेता रमेश लेखकले देशमा रोजगारी सिर्जना गर्ने भन्दा पनि सरकारका कारण भएको रोजगारी पनि गुम्ने खतरा रहेको बताएका छन ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी फोरमले सामाखुसीमा गरेको कार्यक्रममा बोल्दै नेता लेखकले पछिल्लो समय सरकारले जताततै लादेको करका कारण रोजगारिको क्षेत्र अझै खुम्चिन सक्ने बताएका हुन ।कर बढाएर सरकारले जनतासग लिने मात्रै निती लिएको तर जनतालाई राज्यले दिने सेवा सुबिधा माथी भने जनताको भन्दा नेकपा नेताकार्यकर्ताहरुको पहुचमा पुग्ने अवस्था आएको नेता लेखकले आरोप लगाए ।

बिदेशमा काम गर्ने नेपालिले पठाएको पैसाले देश र सरकार चलिरहेको भए पनि बर्तमान सरकारले बैदेशिक बैदेशिक रोजगार ब्यबसायिहरुलाई अनावश्यक दुख दिइ रहेको बताए ।नेता  लेखकले  बैदिशिक रोजगारले अर्थतन्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान बनाए पनि बर्तमान सरकारले बैदेशिक रोजगारलाई त्रसित बनाएको लेखकले बताए।

लेखकले सरकारको कमजोर कुटनिती र गलत बिदेश नितिका कारण नेपालीले बैदेशिक रोजगारी समेत गुमाउनु पर्ने अवस्था आउन सक्ने बताए ।

नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको ७ गते नयाँ नेतृत्वका लागि निर्बाचन हुँदैछ। संघमा लोकतान्त्रिक तथा व्यवसायिक पक्षधरको नेतृत्व बिष्णु गैरेले गर्नेगरि चुनावी मैदानमा खडा भएका छन्। लोकतान्त्रीक पक्षधाराहरुलाई निर्बाचनमा सहयोग पुर्याउन नेता रमेश लेखकले कांग्रेसको तर्फबाट आवश्यक समान्वय गरी रहेका छन ।

प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार  ९ : १२ बजे