मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागढुंगा-नौबिसे सडकमा नयाँ ट्राफिक नियम लागु



काठ्माण्डौ-

जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-नौबिसे सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरेको छ।

यस खण्डमा मंगरबारदेखि सवारीसाधनलाई ओभरटेक गर्न पाइनेछैन। दसैं, तिहारलगायत चाडपर्वको बेला हुने सवारीसाधनको चाप र यात्रु हरुको सुबिधालाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-नौबिसे सडकमा नयाँ ट्राफिक नियम लागु गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले जनपद प्रहरी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको समन्वयमा सो १५ किलोमिटर क्षेत्रलाई नो ओभरटेक जोन घोषणा गरेको हो। नागढुंगा–सिक्रेखोला–खत्रीपौवा–खानीखोला–नौबिसे सडकखण्डमा उकालो–ओरालो तथा साँघुरो र घुमाउरा मोड धेरै भएका कारण ओभरटेक गर्दा सडक दुर्घटनाको जोखिमसँगै जाम पनि बढ्ने भएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

त्यसैगरी खानीखोलादेखी मौवाखोलासम्म जाम हुन नदिन दिउँसोको समयमा मालबाहक सवारीको प्रवेशमा रोक लगाइएको छ। क्षमताभन्दा बढी भार बोकेका ठूला मालबाहक सवारी साधनहरुलाई चितवनबाटै प्रवेश निषेध गरिनेछ। ठूला ढुवानीका साधनलाई राजधानी प्रवेशमा रोक लगाइएपछि कुरिनटार, चुम्लिङटार, फिस्लिङ, मझिमटार, जोगिमारा, विशालटार, मौवाखोलालगायतका क्षेत्रमै रोकिएका छन्।

सुरक्षा निकाय, धुनीबेसी नगरपालिकाका जनप्रतिनिधि, चितवन सडक डिभिजन कार्यालय र गल्छी गाउँपालिकाका प्रतिनिधिहरुसँगको छलफलपछि जिल्ला प्रशासन कार्यालय धादिङले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : २५ बजे