मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा ११ परिक्षाको नतिजा प्रकाशित (सुचना सहित)



काठ्माण्डौ-

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको जनाएको छ ।बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।

गत जेठमा परिक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

आज प्रकाशित भएको नतिजा अनुसार ३ .६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३ .२१ देखि ३ .६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २ .८१ देखि ३ .२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २ .४१ देखि २ .८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २ .१ देखि २ .४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९, १ .६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १ .२१ देखि १ .६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ० .८१ देखि १ .२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ० .८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ३९ बजे