मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकिङ प्रणाली पुन ह्याकरहरुको निशानामा : सिस्टम ह्याक गरेर करोडौ निकाले



काठमाडौँ –

चिनियाँ ह्याकरले नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरेको घटना सेलाउन नपाउदै ह्याकरहरु पुन सकृय भएका छन ।

कृषि विकास बैंक विगत एक महिनादेखि ह्याकरले लुट्दै आएको पाइएको छ।कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर ४ करोड रकम चोरी गर्दैगर्दा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रकम चोरी प्रकरणमा ७ जनाको प्रत्यक्ष संलग्नता रहेकोसमेत पुष्टी भएको छ ।

ह्याकरले बैंकको खातामा रहेको रकम सिस्टम ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गर्ने र बैंकको रकम व्यक्तिको खातामा ल्याएपछि उनीहरुले उक्त रकम निकालेर ह्याकरलाई दिने गरेको प्रहरीले जनाएको छ।त्यसको लागि विदेशी ह्याकरले ठूलो संख्यामा नेपाली बैंक खातावालाहरुको सहयोग लिएको बुझिएको प्रहरीले जनाएको छ।

पानस रेमिटको समेत सिस्टम ह्याकिङ गरेर ३१ लाख रुपैयाँ झिकिएको प्रहरीले जनाएको छ ।

यसै बिच प्रहरीले  सिस्टम ह्याक गरेर पैसा चोरी गरेको आरोपमा काठमाडौँबाट ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विदेशी ह्याकरको योजनामा नेपालमा बसेर काम गर्ने  काठमाडौँका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, संजय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर रहेको प्रहरीले जनाएको छ ।

यसैगरि कृषि विकाश बैंकको सिस्टम ह्याक गरि पैसा चोर्न खोज्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुकाे नाम सार्वजनिक गरिएको छैन। उनीहरु सिरहाबाट पक्राउ परेको जनाइएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ४ : १३ बजे