चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तीव्र प्रतिक्षामा छौ : सञ्चारमन्त्री बास्कोटा



काठमाडौं–

सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तीव्र प्रतिक्षामा रहेको बताएका छन ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले छिमेकी देशसँगको सम्बन्ध नयाँ उचाईमा पुग्ने गरी हुने भ्रमणको नेपाली मन र सरकाले स्वागत र सम्मान गर्न तयार रहेको बताएका हुन ।

उनले चीन समस्यारहित सम्बन्ध रहेको मुलुक रहेको बताउँदै नेपालले कुटनीतिक सञ्चालनका क्रमामा सरकारले उच्चस्तीय भ्रमण आदान प्रदानलाई प्राथमितामा राखेको बताए । उनले भने– ‘यसखालका उच्चस्तरीय भ्रमण भइरहन्छ ।

उत्तरी, दक्षिणी वा यूरोपियन देशबाट उच्चस्तीय भ्रमण भइराख्नुपर्छ भन्नेमा हामी छौँ । नेपालको हित, दूई देशको हितका विषयमा हुने भ्रमणको स्वागत गर्न सरकार प्रतिक्षामा छ ।’

उनले विश्व अर्थतन्त्रमा अग्रणी स्थान हासिल गरेको देशबाट नेपालले पनि लाभ हासिल गर्न चाहेको बताए ।

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  २ : १५ बजे