चाडबाडको मुखमा तत्काल मुल्यबृद्दी नयिन्त्रण गर्न सरकारसग कांग्रेस नेता सिंहको माग



११ असोज, काठमाडौं –

कांग्रेस नेता प्रकाशमान सिंहले दशैको मुखमा मुल्य बृद्दी नयिन्त्रण गरेर जनतालाइ राहत दीन सरकार सग माग गरेका छन ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले जनजीवन अस्तव्यस्त हुँदा पनि सरकार चूप लागेको बताए । उनले भने, ‘बजार भाउ अनियन्त्रित छ, जनजीवन अस्तब्यस्त छ, यस्तो अवस्थामा सरकारको कुनै उपस्थिति नदेखिनु दुःखद छ ।’नेता सिंहले चाडबाडको समय नागरिकलाई सहज वातावरण बनादिनुको सट्टा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिचारको पछि लागेको भनेर उनले सरकारको आलोचना गरे ।

सरकारका गतिबिधी हेर्दा सरकारले आफ्नो दायित्व र प्राथमिकता भुलेको नेता सिंहले दाबी गरे ।

ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै सरकारलाई हुतिहाराको दर्जा दिए ।जामका कारण नागरिकको ज्यान जानु लाजमर्दो भयकाे सिंहले  जोड दिए ।

नेता सिंहले चाडबाडको समय नागरिकलाई सहज वातावरण बनादिनुको सट्टा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिचारको पछि लागेको भनेर उनले सरकारको आलोचना गरे ।

चिनियाँ मोडलको व्यवस्था नेपालमा भित्राउन खोजेमा दुर्भाग्य हुने उनले बताए

प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार  ६ : २४ बजे