नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनको १९ औ बार्षिक साधारणसभा सम्पन्न



काठ्माण्डौ-

नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले १९ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

एसोसिएसनमा आबद्द सदस्य संस्थाका सञ्चालक एबम प्रतिनिधिहरुको उपस्थितिमा काठ्माण्डौमा कार्यक्रम गरेर एसोसिएसनले साधरणसभा सम्पन्न गरेको हो ।

साधरण सभामा बोल्दै एसोसिएसनका अध्यक्ष एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सरकारका नितीहरु निजी क्षेत्र मैत्री नभएको बताए ।
पछिल्लो समय सरकारले ल्याएका नितिका कारण ब्यबसायिक क्षेत्र समस्यामा परेको कार्किले उल्लेख गरे ।अध्यक्ष कार्कीले फेरीइ रहने सरकारी नितिले देशको उधोग ब्यबसाय क्षेत्र फस्टाउन नसकेकोमा जोड दिए ।

कार्किले जताततै कर बढाउने सरकारको पछिल्लो नितिले कार्गो व्यवसायलाई असर परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।सेवामुलक ब्यबसायलाई अनिबार्य भ्याटको दायरामा लैजान खोज्नु गलत भएकोमा अध्यक्ष कार्किले जोड दिए ।

ब्यबसायीहरुलाई परेको अफ्ठेरोका बारेमा सम्बन्धित सरकारी निकायमा एसोसिएसनले जानकारी गराइ रहेको र आगामी दिनमा सरकारलाई थप दबाब दिइने उल्लेख गर्दै अध्यक्ष कार्किले कार्गो ब्यबसाय समस्यामा पर्दा त्यसले देशकै आयात निर्यात ब्यापारमा नकारात्मक असर पर्ने कुरामा सरकारको थप ध्यानाकर्षण गराइने बताए ।

अध्यक्ष कार्कीले अघिल्लो बर्षको साधारण सभामानै आगामी बर्ष भित्र एसोसिएसनको आफ्नै भवन बनाइसक्ने घोषणा गरेका थिए । हाल नयाँ बनेको आफ्नै भवनमा एसोसिएसनको कार्यलय स्थानान्तरण गरी सकिएको छ ।

कार्यक्रममा नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष राजन शर्मा, बर्तमान कार्यसमितिका उपाध्यक्षहरु मनोज अधिकारी र राजेन्द्र सङ्रौला,कोषाध्यक्ष नरेश अग्रवाल साथै कार्य समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त अबसरमा संस्थाका गतिबिधी समेटेर प्रकाशन गरिएको पुस्तिका सार्बजनिक गरिएको थियो ।

 

 

प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार  ९ : ३२ बजे