काठमाडौं-
पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ।
यो साता कारोबारको पहिलो दिन ४ दशमलव ६६ अंकले घटेको छ।
आइतबार परिसूचक १ हजार १ सय २५ दशमलव १४ अंकमा कायम भएको छ। १ सय ५६ वटा कम्पनीको ९ लाख २४ हजार १ सय ९० कित्ता सेयर ४ हजार १ सय १२ पटक किनबेच हुँदा २४ करोड १४ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार बिकास बैंक र अन्य समूहबाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ। विकास बैंक र अन्य समूहको उपसूचक भने क्रमशः १ दशमलव ४६ अंक र २ दशमलव ३१ अंकले बढेको छ।
सबैभन्दा धेरै घट्नेमा निर्जीवन बिमा कम्पनीको उपसूचक ६३ दशममलव ९७ अंकले घटेको छ।










