काठमाडौं-
नेपाल र संयुक्त अरब इमिरेट्सबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ।
क्यानाडाको सहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४०औँ महासभामा नेपाल र संयुक्त अरब इमिरेट्सबीच हवाई सम्झौता भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका थिए।
पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत सम्झौतापत्रको तयारीमा लागेका दुवै देशका सम्बद्ध अधिकारीलाई धन्यवाद दिएका छन ।उनले हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको उल्लेख गरेकाअ छन ।








