मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिशाल सैनिक परेड सहित चिनले मनायो जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ बार्षिकी



काठ्माण्डौ,एजेन्सि-

चिनले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकी भब्यताका साथ मनाएको छ ।

चिनको प्रख्यात तियानमेन चोकमा विशाल सैन्य परेड र शक्ती प्रदर्शन सहित चिनले ७० औँ वार्षिकी मनाएको हो ।उक्त अबसरमा आज आयोजना गरिएको सैनिक परेडलाई चिनको इतिहासमै सबैभन्दा ठुलो सैनिक मार्च भएको  बताइएको छ ।

 

सैनिक परेड सगै पछिल्लो समय चिनले बिकाश गरेका रणनितिक हात हातीयारहरुको समेत प्रदर्शन गरिएको थियो भने  चिनले पछिल्लो समय बिकाश गरेर सेनमा सामेल गरेको अत्याधिक गतिमा मार हान्न सक्ने क्षेप्यास्त्रको बिशेष प्रदर्शनी गरिएको थियो ।

 

परेड सगै आयोजित र्यालिमा १५ हजार सेना, १६० वायुयान लगायत अन्य आधुनिक हातहातीयारको समेत प्रदर्शन गरिएको थियो ।

र्याली पछी सम्बोधन गर्दै चिनिया राष्ट्रपती सिजिनपिङले चिनिया बिकाशलाई अब कुनै शक्तिले रोक्न नसक्ने बताए ।एकता, विकास र सामथ्र्यलाई जोड दिदै सीले भने, ‘यो महान् राष्ट्रको जग हल्लाउन सक्ने कुनै शक्ति छैन ।’

हङकङमा पछिल्लो समय भइ रहेको स्वतन्त्रताको मागप्रती लक्षित गर्दै राष्ट्रपती सिले एक देश दुई प्रणालीलाई शान्तिपूर्ण रुपमा लागु गर्ने कुरामा प्रतिबद्ध हुनुपर्ने बताए ।

आज भन्दा ७० बर्ष अघाडी सन् १९४९ अक्टोबर १ मा माओले जन–गणतन्त्र चीनको घोषणा गरेका थिए ।उक्त दिनको स्मरण गर्दै चिनले हरेक बर्ष आजकै दिन  जनवादी गणतन्त्र चीन स्थापना दिबस मनाउदै आएको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  २ : २७ बजे