काठमाडौं, १५ असोज –
बलात्कार आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि अब सभामुख पद रिक्त भएको छ भने भावी सभामुखका लागि दौडधूप शुरु भइसकेको छ ।
संविधान बमोजिम सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था छ ।
यसकारण बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउनसक्छ । उक्त पदमा नेकपाबाहेकको दाबी हुनसक्छ ।
सभामुख नेकपाकै दाबी रहन्छ । नेकपाकै उम्मेदवार निर्वाचित हुने निश्चित नै छ । यसकारण सभामुख बन्न दौडधूप चलिसकेको छ ।
रिक्त हुन आएको सभामुख पदमा पूर्वमाओवादी तर्फका देव गुरुङ, ओनसरी घर्तीलगायतका नेताहरुको दाबी छ ।
पूर्व एमाले बाट नेकपा वृत्तमा पूर्वसभामुख तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको दाबी छ ।
श्रोत अनुसार नेम्वाङ शभामुख बन्ने सम्भाबना बढी छ । नेम्वाङ बलियो दाबेदार बनेका छन् । उनले महराको राजीनामालगत्तै अब सभामुख पद खाली भइसकेको छ भनी दिएको अभिव्यक्तिले पूर्व माओवादी पक्षधरलाई चिढ्याएको छ ।
सभामुखका लागि ओनसरी घर्तीमगर पनि दाबेदार बनेकी छिन् । उनी पूर्व सभामुख हुन् । पूर्व माओवादी पक्षधर भएकाले उनको सम्भावना बलियो छ । सभामुखमा प्रचण्ड पक्षधर जर्नादन शर्मा, टोपबहादुर रायमाझीलगायतको पनि सम्भावना देखिएको छ ।
नारायणकाजी श्रेष्ठ सांसद नभएकाले उनको सम्भावना छैन ।
संवैधानिक निकायमा नियुक्तिलगायत विधान निर्माणमा सभामुखको महत्वपूर्ण भूमिका हुने हुँदा यसमा धेरैको दाबी रहेको हो ।








