सिमरा –
बाराको फेटा गाउँपालिकामा सेप्टिक ट्यांकीभित्र एकै ठाउँमा पाँच जनाको शव फेला परेको छ ।
गाउँपालिकाको वडा नम्बर चारस्थित ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा फेला परेका ति शवमध्ये चार जना एकै घरका दाजुभाईको परिवारको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बतरा टोलस्थित उक्त घरको ट्यांकीमा सोही घरका ४० वर्षिय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, १० वर्षकी छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षिय महेन्द्र मुखिया बिन र अर्का एकजना ब्यक्तिको शव फेला परेको जिल्लाका प्रहरी प्रबक्ता रञ्जितसिंह राठोरले जानकारी दिए । पहिचान नखुलेका ति ब्यक्ती भारतिय नागरिक रहेको बताईएको छ ।
राति करिब आठ बजे प्रहरीले घटनाबारे जनाकारी पाएको थियो । ‘घटनाका समयमा मृतक महेन्द्रका श्रीमती भागदेवी घर बाहिर रहेछन् , उनी घर पुगेपछीमत्रै घटना बाहीर आयो ।’ बाराका प्रहरी प्रबक्ता राठोरले बारा खबरसँग भने, ‘घरमा रोईकराई हुन थालेपछी गाउँलेले थाहा पाएर हामीलाई खबर गरे ।’घटनास्थलको प्रकृती हेर्दा उनिहरु सो ट्यांकीमा निसासिएर ज्यान गएको हुनसक्ने देखिएको राठोरले बताए । ‘शरिरमा चाटपटक देखिएको छैन, शव पोष्टमार्टमका लागि पठाएका छौँ । बिस्तृत बिवरण रिपोर्ट आएपछी मात्रै थाहा हुन्छ । तर प्रारम्भिक अनुसन्धानअनुसार निसासिएर मृत्यु भएको हुनसक्ने देखिन्छ ।’ डिएसपी राठोरले भने ।
निर्माणधित पक्की घरको सेप्टिक ट्यांकीमा मदिरा बनाएर बाँकी रहेको पदार्थ समेत भेटिएकाले त्यसैको गन्धले निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पाँचैजना एकै ठाउँमा किन पसेहोलान रु हाम्रो जिज्ञासामा राठोरले भने, ‘अनुसन्धान भैरहेकाले किटान गरेरै भन्नसक्ने अवस्था रहँदैन तर, सात÷आठ फिट गहिरो ट्यांकीमा पहिले एकजना खसेको हुनसक्छ, त्यसपछी अन्यको पालेपाले बचाउन जाने क्रमामा रक्सीको छोक्राको गन्धले निससिएर ज्यान जानसक्ने अवस्था घटनास्थलले देखाएको छ ।’
यद्यपी घटनाको बास्तबिक कारण खुल्न पोष्टमार्टम रिपोर्ट पर्खिनुपर्ने राठोरले बताए ।










