सुनको भाउ फेरी बढ्यो ,कती छ बिहिबारको मुल्य ?



काठमाडौं-

केहि दिन अघी सम्म घट्दै गएको सुनको भाउ फेरी अचानक बढ्न थालेको छ ।बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढेरा प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तीन दिनअघि ७० हजारबाट ओर्लिएको सुनको भाउ बिहीबार फेरि बढेको हो।बुधबारको तुलनामा बिहीबार तोकिएको मूल्य तोलामा ११ सय रुपैयाँले बढि हो।

सुनको सँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार  ७ : १३ बजे