काठमाडौं-
यौन दुराचारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।
महराले बिहीबार मात्र १७ सैनिक र ११ प्रहरी कर्मचारी फिर्ता गरेका हुन्।
सरकारी निबासबाट सर्न भने अझै केहि दिन लाग्ने महराका महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिएका छन्।
डेराको खोजीमा रहेकाले डेरा भेटिने बितिकै बालुवाटारस्थित सरकारी निवासबाट पनि बाहिरिने उनले जानकारी दिए।








