नेपालमा अड्किएका भारु नोट साटिदिन भारतिय पक्षलाई अर्थमन्त्री खतिवडाको आग्रह



काठमाडौं-

अर्थमन्त्री डा . युवराज खतिवडाले भारत सरकारले नोट बन्दी गर्ने निर्णय गरेपछी नेपालमा अड्किएका ५०० र १००० दरका भारतीय नोट सटहीको व्यवस्था मिलाउन भारतिय अर्थमन्त्री निर्मला सीतारमणसँग आग्रह गरेका छन्।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका अर्थमन्त्री खतिवडा र समकक्षी सितारमणबीच द्विपक्षीय भेटमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन ।नयाँदिल्लीमा भएको भेटमा अर्थमन्त्री खतिवडाले नेपालमा मौज्दात भारु ५ करोडको सटहीको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा भारतले ५ सय १ हजार दरका भारतीय मुद्रा सटहीमा प्रतिबन्ध लगाएको थियो।

दुई अर्थमन्त्रीबीचको भेटाघाटमा द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार  ८ : १८ बजे