मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपी राजमार्गको नेपालथोकमा मिनी बस दुर्घटना : ३ जनाको मृत्यु , २५ जना घाइते



काठ्माण्डौ-

बिपी राजमार्गको नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

घाइतेहरूकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ । दुर्घटनामा घाइतेमध्ये पाँच जनाकाे अवस्था गम्भिर रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।मृतकको पहिचान नभएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटना भएको हो । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

दुर्घटना बारे थप समाचार आउन बाकी छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १२ : ४२ बजे