काठ्माण्डौ-
बडा दसैंको सातौँ दिन शनिबार गोरखा दरवारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकास्थित दशै घरमा भित्र्याइएको छ।
उक्त अबसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरि भित्र्याएका थिए भने नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेका थिए ।परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउन गरिन्छ ।
गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाती ल्याउने प्रचलन छ ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी बडादसैंको सातौँ दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।








