काठमाडौं –
यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।
महरालाई प्रहरीले नाटकीय रुपमा नियन्त्रणमा लिएर निजी गाडीमा हालेर लगेको हो । सुरुमा उनलाई नियन्त्रणमा लिन कालो रंगको सरकारी गाडी लगिएको थियो ।
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउने तयारी भएको बुझिएको छ ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको थियो ।
महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए। महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।








