निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ : तीन बर्ष कैद हुन सक्ने



काठमाडौं –

यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

महरालाई प्रहरीले नाटकीय रुपमा नियन्त्रणमा लिएर निजी गाडीमा हालेर लगेको हो । सुरुमा उनलाई नियन्त्रणमा लिन कालो रंगको सरकारी गाडी लगिएको थियो ।

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउने तयारी भएको बुझिएको छ ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको थियो ।

महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए। महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।

प्रकाशित मिति : आश्विन १९, २०७६ आइतबार  १ : ५७ बजे