दोश्रो पटक पनि उजुरी परेपछी अमेरिकि राष्ट्रपती ट्रम्प अफ्ठेरोमा



काठ्माण्डौ, एजेन्सि-

सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्नो शक्तिको दुरुपयोग गरेर विदेशी हस्तक्षेप आह्वान गरेको आरोप खेपीरहेका अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्प बिरुद्द दोश्रो उजुरी परेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

अमेरिकी कानुन अनुसार निर्वाचन जित्न विदेशी निकायको सहयोग खोज्नुलाई गैरकानुनी मानिन्छ ।

हाल राष्ट्रपती ट्रम्पले ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन युक्रेनी राष्ट्रपतिलाई टेलिफोन मार्फत आग्रह गरेको आरोपको सामना गरिरहेका छन ।

ट्रम्पका सम्भाबित प्रतिश्पर्धी जो बाइडनमाथी छानबिन नगरे  युक्रेनलाई अमेरिकाले दिएको सुरक्षा सहयोग स्थगित गरिदिने भन्दै अमेरिकि राष्ट्रपती ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई दबाब दिएको ट्रम्प माथी आरोप लागेको छ ।

यही आरोपमा राष्ट्रपती ट्रम्प माथी केहि समय अघी मात्रै पनि उजुरी परेको थियो । पहिलो उजुरीकर्तालाई राष्ट्रपती ट्रम्पले राजनीतिक पूर्वाग्रह ग्रसित भनेर लाञ्छना लगाउदै अस्विकार गरेका थिए ।

दोश्रो पटक उजुरी गर्ने उजुरीकर्ता जासुस अधिकारी भएको र उनलाई राष्ट्रपती ट्रम्प र उक्रेनी राष्ट्रपती बिचको उक्त बिबादित टेलिफोन कुराकानिको बारेमा प्रत्यक्ष जानकारी भएको र उनले जासुसी निकायको अनुगमन गर्ने उच्च अधिकारीसँग पनि कुरा गरिसकेको समाचारहरुमा जनाइएको छ ।

 राष्ट्रपती ट्रम्प अफ्ठेरोमा-

विपक्षी डेमोक्र्याटहरूले उक्त प्रकरणमा ट्रम्पलाई महाभियोग लागाउने कोशीस गरिरहेका छन ।डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको अमेरिकि संसदको तल्लो सदन प्रतिनिधिसभाले ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गर्न सक्ने सम्भाबना रहेको समाचारहरुमा जनाइएको छ ।

तर अमेरिकि संसदको  माथिल्लो सदन सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले उक्त प्रकरणमा ट्रम्पले महाभियोगको सामना गर्नुपर्ने अवस्था भने छैन ।अमेरिकि संसदको अन्तिम सुनुवाइ माथिल्लो सदन सिनेटमा हुने गरेको छ ।

आगामी राष्ट्रपती निर्बाचन नजिकिदै गर्दा  निर्बाचन दौरानमा भने  राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीलाई यो मुद्दाले ठुलो असर गर्ने ठानिएको छ ।

प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार  ८ : २७ बजे