मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु,अन्य ५ घाइते



अर्घाखाँची –

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं । ६ नरपानिमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज त्रिचालिस उनानतिस नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको हो । जित सडकबाट करिब ३०० मिटर तल खसेको थियो । चालक सहित अन्य ५ जना घाईते छन् ।१ जना बच्चा, चालक र ४ घाईतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चालकका अनुसार ब्रेक फेल भएर गाडि दुर्घटना भएको हो ।

उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताएका छन् ।

घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी नरपानि र स्थानियको टोलिले उद्वार गरेका थिए । घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ११ : ५६ बजे