मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेका कैदीबन्दीलाई कारागारमै टीका र जमरा



धुलिखेल-

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरु कारागारमै पुगेर टीका र जमरा लगाइदिएका छन् ।

जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिदिएको थियो । उनीहरुका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए ।

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् ।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको थियो । जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको छ।रासस-

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १० : २८ बजे