चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २५ गते शनिबार काठमाडौं आउने



२२ असोज, काठमाडौं –

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति सार्बजनिक गरिएको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी गराएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति सीको भ्रमणका दौरान प्रधामन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय आधिकारिक भेटबार्ता हुने र महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने पनि जनाइएको छ ।

प्रकाशित मिति : आश्विन २२, २०७६ बुधबार  ५ : १६ बजे